सारिका केसीले मलाई माया नगर नगर भनेपछि गायक शनि र भोजराज बिक यस्तो अवस्थामा (भिडियो सहित)


काठमाडौं : सांगीतिक क्षेत्रमा निकै आशा लाग्यो कलाकार युनिक भोजराज बिक विगत १२,१३ वर्ष देखी गित संगीतमा निरन्तर लागी रहेका छन् उनका गित विभिन्न विधाका गित आउने गर्छन् माया प्रेम देखि मौलिक लोक संगीत आफ्नो कला संस्कृति भोलिका पुस्तालाई सिकाउदै जगेर्ना गर्ने उदेश्यका साथ लागि परेका छन् ।

यसो त बिक ले धेरै चर्चित गित हरु पनि बजारमा दर्शक श्रोताका लागि ल्याइसकेका छन् धेरै जसो गित बाट आफ्नो स्थान बनाउदै आएका छन् युनिक भोजराज बिक भनेका आज मात्रै परिचित नाम भने पक्कै पनि होइनन् ।

उनले धेरै जस्तो गितमा लय अर्थात् संगीत गर्ने गर्छन् भने उनले स्वर पनि उतिकै मात्र दिएका गित र शब्द कोरेका पनि तेतिनै छन् यस्तै अहिले हालै मात्रै बजारमा आएको गित मलाई माया नगर बोल्को गित सार्बजनिक भएको छ ।

बजारमा आएको केहि समय नबित्दै चर्चा बटुल्न थालेको छ गित निकै मार्मिक र सान्दर्भिक रहेको र धेरै दर्शक श्रोताको मन मा बस्ना सफल भएको प्रतिक्रिया पाएको कलाकार टिमले बताएका छन् ।

अहिलेकी भाइरल भनेकी गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको नयाँ लोकदोहोरी गीत मलाई माया नगर नगर गित । पछिल्लो समयमा ब्यापक रुचाइएकि गायिका खड्का र गायक विश्वकर्माको पहिलो गीत मलाई माया नगर नगर बुधबार ए बि एस म्युजिक नामक युटुब च्यानल बाट रिलिज भएको हो ।

युनिक भोजराज बिक को लय तथा शब्द रहेको उक्त गीत रिजिल भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई ए बि एस म्युजिकको ब्यानरमा तयार गरिएको हो ।

निर्देशक कपिल लामाले निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित मोडल आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ ।

बिपिन क्षेत्रिको छायाँकन रहेको भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :