बिक्रम राईको संगीतमा मेरिना लेप्चाको स्वर ‘उडि जाने’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ : कालिङ्पुङबाट नेपाल आएकी मीठो स्वरकी धनी गायिका मेरिना लेप्चाको पहिलो गीत “उडि जाने” सार्वजनिक भएको छ ।

मेरिनालाई सामाजिक संजालमा देखेर राम्रो सम्भावना बोकेकी गायिका ठानेर केही गीतहरु रेकर्ड गराईदिन गायक तथा संगीतकार बिक्रम राईले नेपाल बोलाए गीत रेकर्ड गराउनु भएको हो ।

दुर्लभ जन्तरेको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार बिक्रम राईले संगीत गर्नु भएको छ भने गीतमा संगीत संयोजन राजु कार्कीको रहेको छ । गीतलाई स्टुडियो किङमा सुरेश राईले रेकर्डिङ गर्नु भएको हो ।

स्टुडियो भित्रनै गायिकाको लिप्सिङ्ग रहेकोे भिडियो अशोक राईले छायांकन अनि सम्पादन गर्नु भएको हो ।

गायक तथा संगीतकार बिक्रम राईको आफ्नै अफिसियल युट्युब च्यानल Music Junction Nepal मार्फत गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् :