उदय राज पौडेलको ‘काठमाडौं बजार’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : गीत संगीत क्षेत्रमा संगीत संयोजकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका कुसल संगीतकर्मी उदय राज पौडेलको स्वर साथै संगीत संयोजन रहेको ‘ काठमाडौं बजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सबिन एकतारेको शब्द, सुशान्त गौतमको संगीत रहेको छ भने गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा पोसनले मादल, हेमन्त कान्छाले सारंगी, रत्न वि.के.ले बांसुरी र उदय राज पौडेल अनि बिनायक शाहले गितार बजाउनु भएको हो ।

Beest Productions युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा सबिन कार्की (बीस्ट) लागायत टिमको अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियो कन्सेप्ट, कोरियोग्राफर, निर्देशन एवं सम्पादन सबिन कार्कीले गरेका हुन् भने छायांकन जितु तामाङले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :