काठमाडौ : चर्चित गायक तथा संगीतकार बिनोद खम्बु र मीठो स्वरकी धनी गायिका जुनु राईको मीठो स्वरमा सजिएको ‘गाजल हु तिम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
यो गीत उनै गायक अनि गायिकाको ‘काधैमा गल्बन्दी र ए कान्छी’ गीतको को अपार सफलता पछि पुन: सहकार्य गरेर बजारमा ल्याएका हुन् ।
बिक्रम याख्खाको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार बिनोद खम्बुले संगीत गर्नु भएको हो भने गीतमा संगीत संयोजन एवं मिक्सिङ राजु कार्कीले गर्नुभएको छ ।
किङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा सन्जिव सुब्बा (लिम्बु)ले गिटार, नगेन्द्र राईले बाँसुरी साथै भरत बुढाथोकीले मादल बजाउनु भएको छ ।
गायक तथा संगीतकार बिनोद खम्बुको आफ्नै अफिशियल युट्युब च्यानल Binod Khambu मार्फत सार्वजनिक भएको गीतको भिडियोमा गायक अनि गायिकाको अभियान देख्न सकिन्छ । भिडियोमा दुर्गा बान्तवा राईको छायांकन अनि मनोज राईको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/-u1aODW1c6Y