गीतकार डि.पी खनालको शब्दमा ‘जाम्ला भागेर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : मीन गुरुङ र बिना भट्टराईको आवाजमा रहेको नयाँ गीत “जाम्ला भागेर” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार डि.पी खनालले लेखेको गीतमा शंकर थापा स्माईलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ भने गीतलाई प्रीज्म डिजिटल स्टुडियोमा अनिल अधिकारीले रेकर्डिङ अनि श्यामश्वेत रसाइली मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

अस्ट्रेलिया बसोबास गर्दै आएकी नेपाली कलाकार/डान्सर तथा टिकटक क्विन अञ्जु भण्डारी र शैलेश हमालको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा अञ्जु भण्डारीकै कोरियोग्राफी, सागर तामाङको छायांकन/सम्पादन साथै सबिन सापकोटा मिया र सागर तामाङ को निर्देशन रहेको छ ।

डश म्युजिकको प्रस्तुति तथा बाबा एजुकेशन कन्सल्टेनिसिको प्रायोजनमा बनेको भिडोयोमा अस्ट्रेलियाको रमणीय दृश्य समेटिएको छ भने म्युजिक भिडियो डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :