धनकुटामा काेराेना विरुद्धकाे पहिलो चरणकाे खाेप प्राथमिकतामा परेका १ हजार २ सय १५ जनालाई लगाइयाे

0Shares

धनकुटा : काेराेना भाइरस विरुद्धकाे खाेप पहिलो चरणको दोस्रो प्राथामिकतामा परेका धनकुटाका १ हजार २ सय १५ जनालाई खोप लगाईएको छ ।

खाेप लगाउनेमा महिला ४ सय १३ र पुरुष ८ सय २ जना रहेको स्वास्थ्य कार्लय धनकुटा प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको  छ ।

उहाँका अनुसार धनकुटाका ७ स्थानीय तहका जनप्रतिनिधि १ सय २४ स्वास्थ्यकर्मी ६३,निजामती कर्मचारी ५ सय ३३, जनपद प्रहरी ९४, स-सस्त्र प्रहरी २, बैंक र वित्तिय संस्थाका कर्मचारी १ सय ६३, संघ संस्थाका कर्मचारी १ सय ८१, न्याय क्षेत्रका कर्मचारी ३५ र २० जना सञ्चारकर्मी लगायतलाई खोप लगाईएको हो ।

जिल्लामा गत आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई विभिन्न तीन स्थानमा खोप केन्द्र तोकी खोप लगाउन सुरू गरिएको थियो ।