पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना पुष्टि, ३७४ कोरोना मुक्त भई डिस्चार्ज

5Shares

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ छ भने क्वारेन्टाइनमा २२१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ३७४ जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९६५ रहेको छ ।