आज ८९५ जना कोरोना संक्रमित थपिए, २६४ जना संक्रमण मुक्त


काठमाडौं : पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमध्ये ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६४ जना संक्रमण मुक्त भएका छन् । अहिले देशभरि ४ हजार ९ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृ’त्यु भएको छ ।