पछिल्लो २४ घण्टामा ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि, ३०६ जना डिस्चार्ज, ३ जनाको मृ’त्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५,०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको परीक्षण गर्दा पीसीआर १३,४७४ जनाको गर्दा ४,२०४ जनामा संक्रमण पुष्टि भएको छ भने ७,०८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख ४५ हजार ५०१ जना तथा एन्टिजेन विधिबाट १ लाख १०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा ३०६ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ । नेपालमा निको हुने दर ९६.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृ’त्यु हुनेको दर १.४ प्रतिशत रहेको छ ।