पछिल्लो २४ घण्टामा ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना डिस्चार्ज, १ जनाको मृ’त्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३,५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको परीक्षण गर्दा पीसीआर १०,४९८ जनाको गर्दा २,९२२ जनामा संक्रमण पुष्टि भएको छ भने ४,५८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख ४१ हजार २९७ जना तथा एन्टिजेन विधिबाट ९९ हजार २२५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा २७१ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१० जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृ’त्यु हुनेको दर १.४ प्रतिशत रहेको छ ।