पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना संक्रमण पुष्टि, १,९१६ जना डिस्चार्ज, २३ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५१९ जनाको परीक्षण गर्दा पीसीआर ९ हजार २६३ जनाको गर्दा २,२८० जनामा संक्रमण पुष्टि भएको छ भने ४,२५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९५ हजार ३८९ जना तथा एन्टिजेन विधिबाट ६१ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यहि अवधीमा १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ जना पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको छ ।