धनकुटामा १२ सय ४७ जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाए


धनकुटा : धनकुटा जिल्लामा आज र हिजो गरी जम्मा १ हजार २ सय ४७ जनोले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका छन ।

धनकुटा जिल्लाको ७ वटा स्थानीय तहमा रहेका खोप केन्द्रमा शुक्रबार ७ सय ७७ जना र हिजो ४ सय ७० जनाले गरी जम्मा १ हजार २ सय ४७ जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनु भयो ।

शुक्रबार दोस्रो दिन धनकुटा नगरपालिकामा २२६ जना,महालक्ष्मी नगरपालिकामा १५५ जना सागुरीगढी गाउपालिकामा ११७ जना,छथरजोरपाटी गाउपालिकमा १५४ जना,पाख्रिवास नगरपालिकामा ३२ जना,सहिदभूमी गाउपालिकामा ७१ जना,चौविसे गाउँपालिकामा २२ जना गरी जम्मा ७ सय ७७ जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका हुन ।

पहिलो चरणको खोप लगाई सकेकाकोलाई दोस्रो चरणको खोप र ६० बर्ष देखी ६२ बर्ष सम्मका उमेर समुहकाले गरी जम्मा ४ सय ७० जनाले पहिलो दिन कोभिड विरुद्धको खोप लगाएको र भोली २८ गते पनि सात वटै खोप केन्द्रमा खोप लगाउनु अभियान संचालन गरिने धनकुटा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरगाईले वताउनु भयो ।

धनकुटा जिल्लामा स्वास्थ्यकर्मी, सफाईकमी,एम्बुलेन्स चालक र पहिलो चरणमा लगाएकालाई दोस्रो चरणको खोप लगाएको समेत धनकुटा स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनकुटा जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा र अन्य केही खोप केन्द्रहरुमा संचालन भएको कोरोना विरुद्धको खोप लगाउने अभियानको धनकुटा अस्पताल विकास समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,उपाध्यक्ष कृष्ण श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे,डिजेश शाक्य,विपिन थापा लगायतका पदाधिकारीहरुले अनुगमन गर्नु भएको थियो ।

धनकुटा जिल्लाभरी कोभिड विरुद्धको खोप लगाउने अभियानमा जिल्लाभरीनै सक्रियताका साथ धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले नेतृत्व गरी समन्वय गर्नु भएकोले जिल्लाभरी सहजताका साथ खोप अभियान शुक्रबार दिनभरि संचालन भएको हो ।