पछिल्लो २४ घण्टामा ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५,२९३ जना डिस्चार्ज, ५९ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहि अवधीमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । नेपालमा निको हुने दर ८५.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।