पछिल्लो २४ घण्टामा ४,३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५,७६८ जना डिस्चार्ज, ८१ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९८ हजार ८१३ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १६ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यहि अवधीमा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ । नेपालमा निको हुने दर ८५.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको छ ।