भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै कोरोना संक्रमित फेला


काठमाडौं : भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । यो एकदिनमा संक्रमित भेटिएको अहिलेसम्म कै सबैभन्दा ठूलो संख्या हो ।

भारतमा यसरी नै दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै एकैदिन ३ सय ६ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण अत्याधिक बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।