पछिल्लो २४ घण्टामा थपिए १०७ जना कोरोना संक्रमित, ७८ जना डिस्चार्ज

काठमाडौं : नेपालमा आज मात्र १०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ४८८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ । देशभर आज सक्रिय संक्रमित ७९५ छ भने क्वारेन्टिनमा जम्मा ५७ जना मात्र छन् ।

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।