पाख्रीवास नगरपालिकामा माघे संक्रान्तिकाे अवसरमा गाेरु जुधाई प्रतियाेगिता

245Shares

धनकुटा : माघे सक्रान्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मुगामा गोरु जुधाई प्रतियोगिता गरिएको छ । गोरु जुधाई प्रतियोगितामा सानो भाई नामक गोरुले उपाधी जितेको छ । याे गाेरुले गत साल पनि प्रथम स्थान हासिल गरेकाे थियो ।

पाख्रीवास नगरपालिका–१० चुम्बाङका राजकुमार गिरीले पालेको सानो भाई गोरु प्रथम भएसँगै गोरु धनीले नगद ३० हजार हात पारेका छन् । सानो भाईले १५ वटा गोरुलाई पछि पार्दै उपाधी जितेको हो ।

साढे सात हल गोरु सहभागी गोरु जुधाई प्रतियोगितामा पाख्रीवास नगरपालिका–१० का रामकुमार राईको तारे गोरु दोश्रो भएको छ भने पाख्रीवास नगरपालिका–७ का धनबहादुर विश्वकर्माको तारे गोरु तेश्रो भएको आयोजक प्रगतिशिल युवा समाज पाख्रीवासका सचिव शंकर बराईलीले बताए ।

दोश्रो र तेश्रो भएका गोरुले क्रमशः नगद १८ हजार र ७ हजार पुरस्कार जितेका छन् । विजेता गोरुहरुलाई पाख्रीवास नगरपालिकाका प्रमुख वृष बहादुर राईले फुलमाला सहित गोरु धनीलाई नगद वितरण गर्नु भएको थियो ।

सोही अवसरमा पोल चढाई प्रतियोगिता पनि सम्पन्न भएको छ । २५ जना सहभागी पोल चढाई प्रतियोगितामा सहभागी भएका थिए तर प्रतियाेगिता काेही पनि विजेता भएनन् ।

त्यस्तै कार्यक्रममा डाेरी तानी प्रतियाेगितामा अमर राई टिम प्रथम स्थान हासिल गरेकाे । प्रतियाेगितामा प्रथम स्थान हासिल अमर राईकाे टिमलाई नगद २ हजार रुपैया नगद पुरस्कार वितरण प्रगतिशिल सेवा समाजका अध्यक्ष गाेपाल विश्वकर्माले गर्नु भएको थियोे ।

माघे संक्रान्ति मेला सहित सञ्चालन भएको गोरु जुधाई प्रतियोगिताको अवसरमा स्थानीय तामाङ्ग समुदायको तामाङ्ग सेलो लगायतका नाच प्रस्तुत गरिएको थियो । गएको २ बर्षदेखि शुरु गरिएको गोरु जुधाई प्रतियोगिता हरेक वर्ष संचालन गरिने आयोजक समितिका सचिव बराईलीले बताए ।

साे कार्यक्रम उद्घाटन गर्दै पाख्रीवासका नगरप्रमुख वृष बहादुर राईले गत वर्षका दिनमा पनि अझ धेरै नगरपालिकाले आर्थिक सहयोग गरिने प्रतिबद्धता गर्नु भएको छ । उहाँले यस्तो प्रगतिशील युवाहरूलाई नगरपालिका प्राेत्सान गर्दै लगिने बताउदै खेलमा सहभागी गाेरुहरु किसानहरुलाई प्राेत्साहन गर्न भएको छ ।

साे कार्यक्रममा पाख्रीवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना, १० वटै वडाका अध्यक्ष राजनीतिदलका प्रतिनिधि, कार्यपालिका १० वटै वडाका सदस्य, पाख्रीवास नगरपालिकाका कार्यकारी प्रमुख डिक बहादुर राई, बुद्धिजीवि लाेक बहादुर बराईली, कणवीर राई, सुरक्षा निकायका पाख्रीवासका प्रहरी प्रमुख उज्ज्वल शाक्य, अर्जुन थापा लगाएतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा धनकुटाका कलाकार तथा मुर्तिकार शंकर बराईलीले साे क्षेत्र गजेभन्ज्याङमा साँढे सहित शिवकाे मुर्ति निर्माण गरेका छन् । साेहि मुर्ति निर्माण कदर गर्दै उहाँलाई साे कार्यक्रममा नगरपालिका प्रमुख वृष बहादुर राईले प्रमाणपत्र सहित दाेसला ओडाएर सम्मान गर्नु भयाे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य बुद्धिजीवी समाज सेवी तथा प्रगतिशिल सेवा समाजका अाजिवन सदस्य तिलक बराईलीले गर्नु भएकाे थियोे । कार्यक्रमकाे अध्यक्षता समाज अध्यक्ष गाेपाल विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन सरिता बराईली राईले गर्नु भएको थियोे ।

आगमी दिनमा खेललाई विस्तार गर्दै गोरु जुधाईको अलावा पोल चढ्ने, कवर्दी, कुस्ती, मेलामा अन्य स्टल लगायतका खेलहरु समेत सञ्चालन गरिने आयोजकले बताएका छन् ।