धरानमा आज राष्ट्रिय युवा संघ नेपाल सुनसरीको बृहत भेला सम्पन्न

13Shares

सुनसरी : सुनसरीको धरानमा आज राष्ट्रिय युवा संघ नेपाल सुनसरीले बृहत भेलाको आयोजना गरि कार्ययक्रम सम्पन्न गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता महेश बस्नेत दर्जन बढि केन्द्रीय सदस्यको उपस्थिती रहेको थियोे ।

धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर र्यालि सहित छाताचोक, भानुचोक, पानवारी वस स्टेण्ड हुँदै भेला स्थल चुम्लुङ भवनमा पुगेको थियो । भेलाको अध्यक्षता जिल्ला सह संयोजक अरुण गुरुङले गर्नुभएको थियो ।