पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोना पुष्टि, ४१४ जना कोरोना मुक्त भई डिस्चार्ज

10Shares

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ छ भने क्वारेन्टाइनमा २३७ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४१४ जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९३७ रहेको छ ।