प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : संसद विघटन भारतको इशारामा गर्नुभएको हो ? 

7Shares

काठमाडौं : नेकपाका दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन भारतको इशारामा गरेको हो भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन् ।

उनले भने, ‘म यही मञ्चबाट सोध्न चाहन्छु, के संसद विघटन भारतको इशारामा गरेको हो ?’

उनले सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको आलोचना पनि गरेका छन् ।

उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिएका छन् ।