सुलभ वचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

18Shares

धनकुटा : धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिधुवामा रहेको सुलभ वचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गर्नुहुदै छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्बूले आर्थिक क्षेत्रको विकास लागि सहकारी संस्थाहरुको योगदान महत्वपुर्ण रहदै आएको वताउनुभयो ।

उहाँले सहकारी संस्थामा आवद्ध भएपछि शेयर सदस्यहरुलाई आर्थिक कारोवार गर्ने धेरै सुविधा हुने भन्दै वचत तथा क्रणको माध्यमवाट आयआर्जनका क्रियाकलाप संचालन गरी आर्थिक रुपमा सक्षम वन्न टेवा पुगिरहेको वताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष लिम्बुले सुलभ वचत तथा क्रण सहकारी सस्था जिल्लाकै सर्वाेत्कृष्ठ सहकारी संस्थाको रुपमा रहेको उल्लेख गर्दै छथरजोरपाटी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गर्दै आईरहेको वताउनुभयो ।

सो अवसरमा छथरजोरपाटी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिलवहादुर थापा, धनकुटा वचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष निरेन तामाङ्ग, सरस्वती मावि सिधुवाका प्रध्यानाध्यापक किरण राई लगायतले आ –आफ्नो भनाई राख्नुभएको थियो । सुलभ वचत तथा क्रण सहकारी संस्थाले १७ औ साधारणसभाको अवसरमा उत्कृष्ठ वचतकर्ता, असल कारोवार गर्ने र अधिक शेयरधनीलाई पुरस्कार प्रदान गरेको व्यवस्थापक निरा अधिकारीले वताउनुभयो ।

उत्कृष्ठ वचतकर्ता तर्फ भिमवहादुर श्रेष्ठ, कल्पना देवी तामाङ्ग, सत्यदेवी राई, असल कारोवार तर्फ ज्ञानमाया मगर, कविराज गौतम, फत्तवहादुर भण्डारी रहनुभएको छ भने अधिक शेयरधनी तर्फ ओमप्रकाश तितुङ्ग र टिकादेवी तामाङ्गलाई पुरस्कृत गरिएको छ । यस्तै ज्येष्ठ शेयरसदस्य तर्फ बलवहादुर खड्कालाई सम्मान गरिएको छ ।

यसैगरी सहकारी संस्थाको कार्यक्षेत्र भित्र पर्ने तीन सामुदायिक विद्यालयका ६ जना विपन्न विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । सरस्वती मावि सिधुवा, सरस्वती मावि मझुवा र सिद्धदेवी माावि महालक्ष्मी नगरपालिका वडा नं ९ मा अध्यनरत विद्यार्थी रहेका छन् । यस्तै शेयरधनीका छोराछोरी मध्ये एसईई परिक्षामा सामुदायिक तथा संस्थागत विद्यालयवाट उत्कृष्ठ ग्रेड ल्याउने विद्यार्थीलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ ।

साधारणसभामा सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्गले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रम तथा रणनितिक योजना प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक पृथबहादुर पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा गत आर्थिक वर्षको आयव्याय विवरण अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । वि.स.२०६३ सालमा स्थापना भएको यस सहकारी संस्थाका हाल करिव ११ सय शेयरसदस्य रहेका छन् । छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका केही क्षेत्र यस सहकारीको कार्यक्षेत्र रहेको छ ।