काठमाडौं : गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीतको भिडियो “काफल गेडी कुटुक्कै” सार्वजनिक भएको छ ।
गीतमा डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतलाई फिल स्टुडियोमा कुमार केसिले रेकर्डिङ गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
राजिव समरले निर्देशन गरेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।
सुशान्त खत्रीकै कोरीयोग्राफि रहेको भिडियोमा सुशान्त खत्री र अलिशा राईको अभिनय रहेको छ । म्युजिक भिडियोलाई DushMusic Nepal को अफिशियल यूट्युब च्यानलमा हेर्न सकिने छ।
भिडियो हेर्नुहोस् :