काठमाडौं : किरण चाम्लिङ राईको उत्कृष्ट निर्देशनमा गायक दिपक लिम्बु र गायक डम्बर नेपालीको मीठो स्वरमा सजिएको “या: राक्मा हौ” गीतको भिडियो सार्वजनिक भएको छ ।
कान्छा बाजेको शब्द अनि डम्बर नेपालीको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
The Naissance Phalanx युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक द्वय दिपक लिम्बु र डम्बर नेपालीको साथमा र एलिजा तुम्बापोको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन अनि अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :