केयर वोमनले गर्यो धर्मोदय प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

15Shares

धनकुटा : विपि कोइरला सोसिलिष्ट इन्टरनेश्नल नेपाल र केयर वोमन नेपालले धनकुटाको भिरगाउमा रहेको धर्मोदय प्राविका विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको छ ।

देबेनारा समूह विराटनगरको सहयोगमा विपि कोइरला सोसिलिष्ट इन्टरनेश्नल नेपाल र केयर वोमन नेपालले विद्यालयका ६९ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा सस्थाका अध्यक्ष इन्दिरा थापाले विद्यालयमा अन्यायनरत ६९ जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर , टोपी लगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।

उहाले कार्यक्रममा बोल्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । केयर वोमन नेपालले धनकुटाका थुप्रै महिलाहरुको विभिन्न स्वाथ्य समस्याको उपचार गरिसकेको बताउदै उहाले कुनै पनि स्वास्थ्यमा समस्या भए सम्पर्क गर्न आग्रह गर्नुभयो ।

महिलाको स्वास्थ्यमा समस्या भएमा सस्थाले उपचार गरिदिने समेत जानकारी दिनुभयो । विगत देखि नै विभिन्न सामाजिक सेवामा समर्पित हुदै आएको सस्था भएको हुदाँ समाज रुपान्तरणमा लागिरहने समेत उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै समाजसेवि द्रोणप्रसाद गुरासगाईले यस्ता खालका सहयोगले विद्यार्थीहरुमा पढाईप्रति थप हौसला प्राप्त हुने विस्वास व्यक्त गर्नुभयो ।

यो सस्थाले विभिन्न क्षेत्रमा थुप्रै सहयोग गरेको स्मरण गर्दै उहाले भिरगाउँमा आएर सहयोग गरेको प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ठगेन्द्र प्रसाद गुरागाँईले आयोजक संस्थालाई विद्याथीको शैक्षिक गुणस्तर बृद्धि र भौतिक पूर्वाधारमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोजक संस्थाका सदस्यहरु, विद्यालयका अध्यक्ष, विभिन्न संघसस्थाका प्रतिनिधी तथा अविभावकहरुको समेत उपस्थिती रहेको थियो ।