ममता गुरुङ र दिपक भुजेलको मीठो स्वरमा सजिएको ‘कान्छी मोरी’ सार्वजनिक (भिडियो सहित)

9Shares

काठमाडौं : गायिका ममता गुरुङ र गायक दिपक भुजेलको आवाजमा रहेको नयाँ गीत “कान्छी मोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डि.पी खनालको शब्द रचना, योगेन्द्र उपाध्याय को संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रमाईलो म्युजिक भिडियोमा नेपालका चर्चित प्र्याँकस्टार अलिश राई र कञ्चन खड्काको अभिनय रहेको छ ।

अमृत पन्थीले छाँयाकन गरेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका छन् । एलिश राई स्वयंले कोरियोग्राफी र निर्देशन गरेको “कान्छी मोरी” डश म्युजिक नेपाल को यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :