प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिँदा ८१ जना डिस्चार्ज

6Shares

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमण मुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२,उदयपुर ४८२,इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना संक्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होम आईसोलेसनमा ६५८ रहेका छन् ।

प्रदेश १ मा आजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।