मुक्तिनाथ विकास बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरि मनायाे १५ औं स्थापना दिवस

6Shares

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नाे स्थापनाकाे १४ वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा विभिन्न सामाजिक उत्तरदात्विका कार्यक्रम गरि आफ्नाे स्थापना दिवस मनाएकाे छ ।

स्थापना दिवसका अवसरमा बैंकले विभिन्न ठाउँमा रहेका ६ वटा अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न, लत्ताकपडा वितरण गरेकाे छ । त्यस्तै इन्टरनेट जडान, कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भारमा आर्थिक सहयोग गरेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका १ महानगरीय प्रहरी वृत्त सामुदायिक शाखा कमलपाेखरी अगाडि सडक पेटी वाहेकका खाली चाैरमा वातावरण मैत्री हरित बगैंचा निमार्णमा समेत आर्थिक सहयोग गरिएको प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङले जानकारी दिएका छन् ।

बैंकले काेराेना भाइरसकाे महामारीकाे विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रणालीलाई प्राेत्साहन गर्न भिसा कन्ट्याक्लेस डेविड कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविड कार्ड नियर फिल्ड कम्युुनिकेसन (एन.एफ.सी)मा आधारित प्रविधि हाे ।

यसबाट ग्राहकले आफ्नाे कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरि नछाेई सरल तरिका POS टरमिनलमा ग्राहकले खरिद गरेका सामग्रीहरुकाे बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंककाे नियम अनुसार २ हजार रुपैया सम्मकाे भुक्तानीलाई बिना पिन कन्टयाक्टलेस कार्ड मार्फत POS टरमिनल मार्फत भुक्तानी गर्न सकिनेछ ।

त्यसैगरी मुक्तिनाथ बैंकले अन्तर्गतकाे जुनसुकै बैंककाे ATM बाट पनि विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । माेबाइल बैंकिङ, क्युआर काेड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खाेल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा गर्न आदि जस्ता सुविधाहरु बैंककाे शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

विगत २०६३ पाैष महिनाकाे १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाई स्याङ्जा जिल्लाकाे पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरेकाे मुक्तिनाथ बैंकले १ कराेड ३० लाख चुक्ता पूँजीमा बैंकले काराेबार थालेकाे छ ।

साे बैंकका ४२ जिल्लामा १३८ वटा शाखाहरु रहेका छन् । तीमध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैंकले जनाएकाे छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने १७ अर्ब भन्दा बढी लगानीमा रहेको छ ।