डि.पी खनालको शब्दमा निशान भट्टराई र रचना रिमालको ‘पारै मिलेन’ सार्वजनिक (भिडियो सहित)

102Shares

काठमाडौं : अहिलेकी ब्यस्त गायिका रचना रिमाल र गायक निशान भट्टराईको आवाज रहेको नयाँ गीतको भिडियो “पारै मिलेन” सार्वजनिक भएको छ ।

बुधबार रिलिज भएको “पारै मिलेन” बोलको नृत्यपरक गीतमा डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतलाई ए वान म्युजिसियनमा स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन् भने किशोर थापाले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह, एलिश राई र दीपा-दमान्ता श्रेष्ठको धमाकेदार नृत्य/अभिनय देख्न सकिन्छ ।

बिधान कार्कीको निर्देशन बनेको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने भिडियोलाई उत्सव दाहालले छांयाँकन र विकाश दाहालको सम्पादन गरेका छन् ।

“दामी टिभी” टिमले प्रस्तुत तथा निर्माण गरेको “पारै मिलेन” दामी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :