काठमाडौं : नेपाली संगीतिक क्षेत्रमा सक्रिय भएर लागिरहनु भएका गायक तथा संगीतकार उत्तम राई र अहिलेकी चर्चित गायिका एलिना चौहानको मीठो स्वरमा सजिएको नयाँ गीतको भिडियो “बोलाउ बोलाउ” सार्वजनिक भएको छ ।
उत्तम राईकै शब्द, संगीत रहेको गीतमा पुरुशोत्तम सुवेदीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “Uttan Rai Official” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक अनि गायिकाको अभिनय देख्न सकिन्छ ।
यस गीतको भिडियो निर्देशन एवं छायांकन भुपेन्द्र तुम्बाहाम्फे गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :