आजदेखि फिल्महल खुल्ने, ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी

8Shares

काठमाडौं : कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको फिल्महल आज (शुक्रबार) देखि खुलाइँदै छ । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ ।

सरकारले अनुमति दिइनसकेको भए पनि नेपाल चलचित्र संघले सिनेमाघर खुलाउने निर्णय गरेको हो ।

अन्य सबै व्यवसाय खोलिए पनि आफूहरूको व्यवसाय खुलाउन सरकारले बेवास्ता गरेको भन्दै हल व्यवसायीले दबाबस्वरूप फिल्महल सञ्चालन गर्न लागेका हुन् । त्यसका लागि उनीहरूले हिजै (बिहीबार) आफ्ना फिल्महल सरसफाइ गरेका छन् ।