शहिद प्रकाश थापा स्मृतिकप भलिवल प्रतियोगिताको उपाधि संखुवासभालाई

13Shares

धनकुटा : धनकुटाको शहिदभूमी गाउँपालिका १ घगरुमा सञ्चालन भएको शहिद प्रकाश थापा प्रथम स्मृति कप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिताको उपाधी संखुवासभाको सभापोखरी गाउँपालिकाले उचालेकोे छ ।

बिहिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिका डांडा बजारलाई २५,२२,२५,१५,१९,२५,२५,२७ र १५,५ को अन्तरमा पराजीत गर्दै संखुवासभाको सभापोखरी गाउँपालिकाले उपाधी जितेको हो ।

विजेता टिमले कप सहित ४० हजार प्राप्त गर्यो भने उपविजेता बनेको धनकुटाको साँगुरीगढी गाउँपालिका डांडाबजारले २० हजार मा चित बुझायो । प्रतियोगितामा बेष्ट डिफेन्स आमचोक गाउँपालिकाका दिनेश राई घोषित भए ।

त्यस्तै बेस्ट सरभर साँगुरीगढी गाउँपालिका डाँडाबजारका रोशन विक , बेष्ट स्पाईकर सभापोखरी गाउँपालिका संखुवासभाका प्रदिप कट्टेल तथा सर्वकृष्ट खेलाडी साँगुरीगढी गाउपालिका डाँडाबजारका रविन गौतम घोषित भएको निर्णयक विनय राईले जानकारी दिनु भयो । प्रतियोगितामा धनकुटा,भोजपुर, संखुवासभा,सुनसरी मोरङ्ग गरि १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाली कांग्रेसका सह-महामन्त्री एव पूर्व मन्त्री सुनिलबहादुर थापा, नेपाली गकांग्रेसका केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,क्लबका अध्यक्ष अर्जुन थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,नेपाली कांग्रेसका कोषाध्यक्ष दिनेश राई, सहिद प्रकाश थापाका बुवा आमा , वडा नं १ का वडाध्यक्ष अशोक थुलुङ्ग लगायतले ट्रफि मेडल तथा नगद पुरस्कार वितारण गरेका थिए ।

जनउत्थान सामुदायिक क्लबका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा २५ जना भन्दा बढि जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको थियो ।