दर्शकको व्यग्र प्रतीक्षा रहेको चलचित्र ‘छक्का पन्जा ३’आज युट्युबमा रिलिज हुँदै

15Shares

काठमाडौं : दर्शकको व्यग्र प्रतीक्षा रहेको चलचित्र छक्का पन्जा ३ बुधबार बेलुका युट्युबमा सार्वजनिक हुने भएको छ ।

बुधबार बिहान अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्र ‘छक्का पन्जा ३’ आज बेलुका ६ बजेर ३ मिनेटमा युट्युबमा रिलिज हुने बारे जानकारी गराएका हुन् ।

दिपकराज गिरीले भनेका छन् “Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३,आज बेलुकि छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!

दिपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।