प्रथम शहिद प्रकाश थापा स्मृतिकप भलिवल प्रतियोगिता सुरु

12Shares

धनकुटा : धनकुटाको शहिदभूमी गाउँपालिका १ घगरुमा मंगलबारबाट शहिद प्रकाश थापा प्रथम स्मृति कप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ ।

जनउत्थान सामुदायीक कल्बले आयोजना गरेको उक्त प्रतियोगिता विहिबार सम्म सञ्चालन हुनेछ । आजको पहिलो खेलमा आयोजक शहिदभूमी बि ले केराबारी मोरङ्गलाई २५,२२,१८,२५,२६,२४ को अन्र्तरले पराजीत गर्यो ।

त्यस्तै दोस्रो खेलमा धनकुटा नगरपालिकाले आयोजक ए टिम लाई २५ ,१४ र २५, १६ को सेटमा पराजीत गरेको छ । उक्त प्रतियोगितामा धनकुटा,भोजपुर, संखुवासभा,सुनसरी मोरङ्ग गरि १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद र दोस्रो हुनेले २० हजार प्राप्त गर्ने निर्णायक विनय राईले जानकारी दिनु भयो ।

शहिदभूमी गाउँपालकाका अध्यक्ष मनोज राईले राष्टिय रेफ्री विनय राईलाई भलिवल हस्तान्तरण गर्दे खेलको उत्घाटन गर्नु भएको थियो । कार्यक्रमा शहिद प्रकाश थापाका बुबा आमाले खेलाडीहरुलाई खेल पोशाक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा शहिदभूमी गाउँपालिकाकी उपाध्यक्ष रत्नेश्वरी राई ,शहिदभूमी गाउँपालिका १ का वडा अध्यक्ष अशोक राई, २ का रत्न बहादुर राई, ७ का बमबहादुर राई ,नेपाल पत्रकार महासंघका सचिव विदुर खवास , गाउँपालिकाको प्रेस संयोजक मानवी मोक्तान, कान्तिपुरकर्मि विनोद घिमिरे, विभिन्न दलका प्रतिनिधि , शिक्षक लगायतको उपस्थिति रहेको थियो ।