हिमालयन बैंकद्वारा डा.राम प्रसाद आँखा अस्पताल धनकुटालाई ३५ लाखकाे स्वास्थ्य उपकरण सहयोग हस्तान्तरण

12Shares

धनकुटा : धनकुटा जिल्लाकाे सल्लेरीमा रहेकाे डा.राम प्रसाद पोख्रेल आँखा अस्पताललाई प्रदेश १ को अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने नेपाल नेत्रज्योति संघले एक कार्यक्रममा बताए छन् ।

नेपाल नेत्रज्योती संघ धनकुटा शाखा अन्तर्गत धनकुटामा संचालित डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालमा हिमालयन बैंकको सामाजिक उतर दायित्व कार्यक्रम अन्र्तगत सहयोगमा हस्तान्तरण कार्यक्रममा सराेकारवालाहरु बताए हुन ।

उक्त अवसरमा फेको मेसिन सहित अन्य ३५ लाख बराबरको स्वास्थ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले एक कार्यक्रममा विच नेपाल नेत्रज्योती संघ डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालका सभापती रोशेष श्रेष्ठलाई हस्तान्तरण गरेका थियाे ।

साे सहयोग हस्तान्तरण गर्दै पुर्व मन्त्री तथा हिमालयन बैंकका सञ्चालक सदस्य समेत रहेका थापाले धनकुटा नागरिकका लागि आँखा अस्पतालमा र स्वास्थ्यमा कुनै समस्या हुन नदिन सहयोग गरिरहेकाे र अझै पनि सहयोगी दाताहरु खाेजीरहेकाे बताएका छन् । र फेको मेसिन तथा अन्य स्वाथ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको पहलमा हिमालयन बैंकले सहयोग गरेको जनाइएको छ ।

अरु बैंक वितिय संस्था र अन्य संघसंस्थाले सामाजिक उत्तरदायित्व वहन गर्न लागि यस्ता क्षेत्रमा सहयोग गरे सानाे सानाे सहयोगले ठुलो सहयोग हुने नेत्र ज्याेति संघका केन्द्रीय अध्यक्ष चेतराज पन्तले बताउनु भएको छ ।

धनकुटामा वातावरणका हिसाब असाध्यै राम्रो भएकोले आँखा अस्पतालमा तराई देखि सम्म अस्पतालमा उपचारका लागि आउने गरेकाे नेत्रज्याेति संघका केन्द्रीय सदस्य अस्मिका राई मिसन खबरसंग बताउनु भएको छ ।

साे कार्यक्रममा नेपाल नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, उद्योग वाणिज्य संघ धनकुटा उपाध्यक्ष विजय सन्ताेषी राई,जिल्ला अस्पताल धनकुटाका सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्मा,जनस्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी गुराँगाई,राप्रपाका केन्द्रीय सदस्य टिका प्रसाद घिमिरे,नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्मिका राई,पुर्व सभापति दाेण गुरागाँई सुरक्षा निकाय प्रमख लगाएतकाे उपस्थित थियोे । कार्यक्रमकाे सञ्चालन सचिव देव बहाुदर खड्काले गर्नु भएको थियाे भने स्वागत मन्तव्य लिला मिश्रले गर्नु भएको थियोे ।

अहिले धनकुटा डा.राम प्रसाद आँखा अस्पतालमा २४ घण्टा आँखा अप्रेसन चेकजाँच हुन्छ भने २५ वेड क्षमता भएकाे भए पनि १५ वेड सहित सुविधा सम्पन्न आँखा सम्बन्धि सम्पूर्ण उपचार भइरहेको पुर्व सभापति दाेण प्रसाद गरागाँईले जानकारी दिनुभएको छ ।