चिन्तन गरौं, मन्थन गरौं

अर्जुन राई

१.
जब चीन कोरोना भाइरसका विरुद्ध लडाइँ लडिरहेको थियो । वुहान शहर बन्द गरिएको थियो, चिनियाँ जनता एक प्रकारको आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावकालागि आह्वान गरिरेहेको थियो । तर त्यस बेला युरोप र अमेरिका ठट्टा गर्दै थिए । ट्रम्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे । युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए । नेपालमा एउटा पत्रीकाले मजाक गर्दै माओको मुखमा मास्क लगाएको तस्बिर छापे । त्यसबेला नेपालले स्वमसेवक र आफ्नो इच्छाले जान चाहने चिकित्सकहरुको समूह चिन पठाउन सक्नु पर्थ्यो । चिनियाँ जनता प्रती त्यसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, त्यो अलि सकेनौं कि ! हामीलाई त्यसले छुन पर्ने जति अलि छोएन कि ! तर जब महामारी पश्चिम पुग्यो, हाम्रा आँखाहरु अचानक खुले ।

२.
यो भाइरस रोग थियो । यसको राष्ट्रियता थिएन । यो मानिसको विरुद्ध थियो राष्ट्रियताको बिरुद्ध थिएन । तर युरो-अमेरिकन संचारमाध्यमहरुले यसलाई राजनीतिक ठट्टामा बदले । साप र चमेरो खाएर त्यस्तो भएको भनेर लेखे । पश्चिमी संस्थाहरुले जनावर मारेकोले पाप कराएको भनेर समेत लेखे । केही नेपाली संचार माध्यमले पनि त्यहि कुरा दोहोर्‍याए । अब चिन सकियो भनेर निश्चित पश्चिमी मुलुकहरुको अभिष्टता सतहमा प्रकट भयो । जब रोगका विरुद्ध लंडाइ शुरु गर्‍यो चिनले, अधिनायकवादको कुरा उठाए । कुटिकुटी मानिस थुनेको आरोप लगाए । अर्थात रोगलाई राजनीतिकरण गरे । त्यसको नक्क्ल गर्ने नेपालमा पनि नभएको होईनन । पश्चिमी मुलुकले त्यस बेला चीनलाई यस महामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो । रोगमा राजनीति गर्नु हुने थिएन ।

३.
अहिले चीनले बदला लिएन । बरु चीनले अन्तरार्ष्ट्रिय स्तरमा आफ्नो दायित्वलाई राम्रो सङ्ग अगाडी बढाइरहेको छ । उसले अहिले मानवीय संवेदनाको आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठानिरहेको छ । सहयोगका हात अगाडि बढाईरहेको छ । यस बेला नेपाली पत्रकार माओका मुखमा टाँसेको मास्कले युरोपिएन जनताका मुखमा भाइरस पस्न रोकिरहेका छन कि छैनन ? यस महामारी प्रकोपको सन्दर्भमा समय संगै जे जे जस्ता दृश्यहरु देखिए त्यसबाट बिश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ । जस्तै:-

क) युरोप र अमेरिकामा भएको बिज्ञानको बिकास मानिसको जीवन बचाउने क्षमता, प्रबिधि, औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा पनि हातहतियार र अन्यथा प्रयोगको लागि भएको रहेछ भन्ने बुझ्न सकिन्छ । कोरोना नियन्त्रणको लागि चीन, कोरिया र जापानले जस्तो क्षमता प्रर्दर्शन गरे र जस्ता उपकरणहरुको प्रयोग गरे त्यो युरोप र अमेरिकामा देखिएन । यो भ्रष्ट पुंजीबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ भनेर भन्न सकिन्छ ।

ख) पुंजीबाद र समाजबादको बिचको फरक प्रष्ट देखिएको छ अहिले । चीनमा जब यो भाइरसका विरुद्ध लडाइँ चलिरहेको थियो सबैलाई सरकारले गर्ने सहयोग उस्तै थियो । गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धनीले आलिसन महलहरुमा आइसोलेसनमा बस्ने स्थिती देखिएन । तर पुंजीबादी अमेरीकामा धनिका लागि महंगा अस्पतालहरु छन, सबै सुबिधा छ्न । तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ । त्यहाँका संचार माध्यमले त्यो कुरा किन बाहिर ल्याउदैनन ? किनभने सबै संचार माध्यम कर्पोरेट हाउसका अधिनमा छन र उनिहरुको स्वार्थ भ्रष्ट पुंजीबादको सेवा गर्नु नै हो । यता नेपालमा पनि त्यसको प्रभाव छदैंछ त्यसैले ट्रम्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन । महामारीको सामना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा २० हजार मानिसमा संक्रमण हुदाँ ६ हजार मरेका घटनाले पुष्टि गर्छ । नेपालका धनीहरु पनि यो महामारी रोक्ने अभियानमा सहयोगी भुमिकामा पटक्कै देखिएन । झन अचम्म त के भयो भने तिनै धनाढ्यहरुबाट सञ्चालित धेरै अस्पतालहरुमा ज्वोरो आएका मानिसहरु छिर्नै नपाउने अवस्था पो आयो । यसको अर्थराजनीति अब पनि पहिल्याउन हामीलाई कुनै गार्‍हो छ र ?

ग) पश्चिमी पुंजीवादी अर्थतन्त्रका लागि यो महामारी त्रासदिपुर्ण हुने देखियो । एशिया खासै प्रभाबित नहुने पनि देखियो । एशियामा महामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो ।

घ) चीनले अहिले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघ सगँ समन्वय गर्दै जसरि सहयोग आगाडि ल्याईरहेको छ त्यसबाट कुटनीतिमा उसको परिपक्वता प्रष्टरुपमा प्रकट भएको छ । उसको उत्पादन प्रणाली पुन: संचालनमा आईसकेको छ । उसको अर्थतन्त्रले क्षती ब्योहोर्नु पर्ने अवस्था अब रहेन तर बिकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्दै गैरहेको बुझ्न कठिन छैन । चीनले एक अर्थमा छंलाङ्ग मार्यो भन्दा हुन्छ । अब उप्रान्त अन्तराष्ट्रिय सम्बन्धमा समेत चिनको भुमिकालाई बर्खास्त गर्न अब संभब छैन भन्ने पक्कापक्की भएको छ ।

४. के हुन्छ नेपालमा चिनको शसक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले ? थुप्रै प्रभाब पर्ने कुरा टडकारो देखिन्छ । यदि भारत यस महामारीको प्रकोपमा चीनकै तहमा पुग्यो भने सृजना हुने भयाबह र समस्याको सम्बोधन गर्न लगभग सम्भब नहुनेमा अनुमान सजिलै गर्न सकिन्छ । पैसा र बिज्ञान नभएर भने होइन । नेपालको अवस्था पनि भारत भन्दा त्यति धेरै फरक देखिन्न । यस मामलामा नेपाल र भारतको समानता कहाँ देखिन्छ भने कतिपय नागरिकहरुमा सचेतना नहुनुको साथै र अनुसाशनहिन अल्पज्ञानको शिकार भएको छ । दुबै तिर कालोबजारी र भ्रष्टाचारको बिगबिगी छ । कुनै एकातिर मात्रै पनि महामारी फैलिएको खण्डमा दुबै तर्फ तहस नहस हुन सक्दैन भन्ने केही ग्यारेण्टी छैन । त्यस्तो अवस्था सृजना भएमा के चिनसंग अझै सहयोग माग्न सहज छ त हामीलाई ? मागेको सन्दर्भमा सहयोग त चीनले फेरि पनि गर्छ नै । तर उनिहरु हामीलाई सहयोग दिनु अगाडि एक पट्क हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने हुन कि ! तर के पश्चिमले हामीलाई चिकित्सक र औषधी ल्याउने छ ? त्यसैले भनेको होला नि श्रीमती श्रीमान छोडन सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर । हामीले भुकम्पमा चीनले लगाएको गुन स्मरण सम्म गरेका छौँ ?

५.
यो समस्याको सम्बन्धमा सरकारले तत्काल निम्न कुरा गर्नु पर्ने देखिन्छ ।

क) चीन सगँ सहयोग मागियोस । चिकित्सक, औषधि र प्रबिधि तत्काल ल्याईयोस । आइसोलेसन गृह निर्माणमा सेनाको प्रयोग गरियोस । बाँचे मात्र पछि प्रगती गरिने हो ।

ख) कालाबजारी, महामारीका नाममा खडा कृत्रिम अभाब र स्थानीय स्तरमा देख्न थालिएको अपब्यय र आर्थिक अराजकता रोक्न आपतकाल घोषणा गरियोस ।

ग) सिमाना बन्द गरियोस र तराईका सबै शहरमा उच्चस्तरिय स्वास्थ्य समुहहरु पठाइयोस । तराईका जनतालाई आतंक हुनुबाट जोगाइयोस ।

घ) निश्चित बर्गका मानिसहरु बेइमान हुन्छ्न भन्ने प्रष्ट देखियो तसर्थ गरिबहरुलाई रासन बाँड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस ।

ङ) गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस ।

घ) दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मजदुरहरु र बिपन्न बर्गका मानिसहरुका लागि आर्थिक प्याकेज ल्याईयोस ।


६.
ईतिहास तिर फर्कने हो भने अनेक समस्याहरु आएका छन र हरेक समस्याले केही न केही पाठ सिकाएर गएका छन । यसबेला विश्व समुदायले राम्रो सँग सोच्ने र बुद्धिमताको औचित्यता प्रमाणित नगर्ने हो भने नेपालीहरु समेत हरेकले बिधुत तालिमकेन्द्र पुग्नु पर्ने हुन सक्छ । भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देखिएकै छ । निरो रोम जलिरहँदा बाँसुरीमा आफ्नो गीतको लय बनाउदै थिए । अहिले पो थाहा भयो उनी रोम जलोस भन्ने चाहाँदा थिएछन । उनले त्यहाँ ठुल्ठुला महल बनाउन चाहेका रहेछन । जति बेला रोम जल्दै थियो उनले बार्दलीमा उभिएर हेरेछन रातको उज्यालो । उनलाई उक्त उज्यालो खुबै मन परेछ । त्यसपछि जुन अराजकता रोममा जन्मियो त्यसले रोम नै मासियो । हामीले आँखा खोल्नु आवश्यक छ । हामी निरोको नयाँ संस्करण बन्न कदापी चाहन्नौं । भुकम्प पछि मानिसमा अराजकता झन मौलाएको थियो । यो महामारीले अराजक पराबलियनहरुको ताँती बढ्ने संकेत गर्दछ । यदि त्यस्तो हुन गएमा अहिलेको मोजमस्ती हाम्रो लागि अति महङ्गो साबित हुनेछ । धन्यवाद ।
( लेखक – नेकपा धनकुटा प्रचार बिभाग प्रमुख )

810 Shares

One thought on “चिन्तन गरौं, मन्थन गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *