काेराेना संक्रमितको संख्या ह्यातै घट्यो, थप ८९९ जनामा संक्रमण पुष्टि

21Shares

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ। हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।