शुभकामना आदन प्रदान गर्दै धनकुटाको गोकुण्डेश्वरमा छात्रवृत्ति वितरण

22Shares

धनकुटा : धनकुटाको गोकुण्डेश्वर मावि धनकुटामा छात्रवृत्ति वितरण र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गोकुण्डेश्वर मावि धनकुटा ६ बजारमा कक्षा १ देखी कक्षा १० सम्मका छात्रा तथा दलित तथा अपाङ्ग छात्र र छात्राहरुलाई गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएन धनकुटाका अध्यक्ष प्रध्यापक डा.गोपाल वहादुर भट्टराई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा एल्मुनाई एशोसिएसनका सदस्य विजय सन्तोषी राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा एल्मुनाई एशोसिसनका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, विद्यालायका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई लगायतले छात्रवृत्ती वितरण गर्नु भएको थियो । उक्त विद्यालयमा अध्ययनरत छात्रा तथा दलित र अपाङ्ग छात्र र छात्रा गरी १४६ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।

गोकृण्डेश्वर मावि धनकुटा एल्मुनाई एशोसिएसनका अध्यक्ष प्रध्यापक डा. गोपाल वहादुर भट्टराईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईले कोरोना भाइरसले विद्यालयको शैक्षिक गतिविधिमा पारीरहेको वारेमा प्रकाश पार्नु भएको थियो भने गोकुण्डेशवर मावि एल्मुनाई एशोसिएसन धनकुटाका स्रोत व्यक्ति रिना लुईटेलले एल्मुनाई एशोसिएसनको गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा मावि एल्मुनाई एशोसिएन धनकुटाका अध्यक्ष प्रध्यापक डा.गोपाल वहादुर भट्टराई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गी, विद्यालय व्यवस्थापन समितिका सदस्य परेन्द्रलाल श्रेष्ठ, विद्यालायका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई, सहायक प्रधानाध्यापक लक्ष्मी सापकोटा, एल्मुनाई एशोसिएसनका स्रोत व्यक्ति रिना लुईटेल, विद्यालयका शिक्षकहरु गंगाराम ढुंगाना, मच्छिन्द्र राई, खगेन्द्र श्रेष्ठ, तुलसी पुरी, भोनाथ भट्टराई, कर्मचारी विष्णु श्रेष्ठ लगायतले दशै, तिहार, छड, नेपाल सम्वत, बाड्ङ्गमी लगायतका सवै पर्वहरुको शुभकामना व्यक्त गर्नु भएको थियो ।

छात्रवृत्ति वितरणसंगै गोकुण्डेश्वर मावि धनकुटाको विद्यालयको शैक्षिक गतिविधि र एल्मुनाई एशोसिएसन कामको बारेमा समिक्षा गरी एक आपसमा सबै चाड पर्वको समेत शुभ कामना आदन प्रदान गरिएको प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईले बताउनु भयो ।