गायक गौरव नारायण राईको ‘छोडेउ साथ किन’ सार्वजनिक (भिडियो सहित)

41Shares

काठमाडौं : नेपाली संगीतिक क्षेत्रमा सक्रिय भएर लागिरहनु भएका गायक गौरव नारायण राईको नयाँ गीतको लिरिकल भिडियो “छोडेउ साथ किन ?” सार्वजनिक भएको छ ।

डिल्ली देवानको उत्कृष्ट शब्दलाई उनै गायक गौरव नारायण राईले संगीत भरेका हुन् । गीतमा चर्चित संगीत संयोजक उदय राज पौडेलको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ अनि अशोक महर्जनले मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

गौरव नारायण राईको पहिलो एकल एल्बम “सफलताको शिखर”मा समाबेश यो छैठौं गीत उहाँले आफ्नै अफिसियल युट्युब च्यानल “Gaurab Narayan Rai” मार्फत सार्बजनिक गर्नुभएको छ । यस गीतको भिडियोमालाई वसिम नारायण राईले सम्पादन गर्नुभएको छ ।

भिडियो हेर्नुहोस् :