जनसम्पर्क बढी हुने कार्यलयलाई धनकुटा उद्योग बाणिज्य संघद्धारा फेस सिल प्रदान

15Shares

धनकुटा : धनकुटा उद्योग बाणिज्य संघद्धारा आज संगै रहेको धनकुटा नगरपालिका वडा नंं. ६ को वडा कार्यालयका कर्मचारीहरुलाई फेस सिल प्रदान गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिदै गएकाले धनकुटा उद्योग बाणिज्य संघको च्याम्वर भवनमा रहेको धनकुटा नगरपालिका वडा नं. ६ को वडा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघमा जनसम्पर्क बढी हुने, बढी भीडभाड हुने भएकाले कर्मचारीहरुलाई फेस सिल प्रदान गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु उज्वल कर्माचार्य, राम घिसिङ्ग तामाङ्ग, कार्यालय प्रमुख सिचन प्रधानले वडा नं. ६ का कर्मचारीहरुलाई फेस सिल प्रदान गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघले यस भन्दा अघि पनि फ्रन्ट लाईनमा काम गर्ने जन सम्पर्क बढी हुने कार्यालयहरु, ट्राफिक कार्यालय धनकुटा, कोशी अञ्चल आयूर्वेदिक औषाद्यालय धनकुटा, नेपाल विद्युत प्राधिकरण धनकुटा, करदाता सेवा कार्यालय धनकुटा, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र निजि अस्पतालहरु, व्यूटीशिन, हेयर कटिङ्ग, औषधी पसल व्यावसायीहरुलाई फेस सिल, मास्क सेनिटाईजर लगायत सुरक्षित समाग्रीहरु प्रदान गरेको अध्यक्ष विजय सन्तोषी राईले बताउनु भयो ।

15Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *