धनकुटा घरभएकी नाेवेल अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मी काेराेना संक्रमित

67Shares

धनकुटा : धनकुटाको साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थायी घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साेमबार धनकुटाका १ जना महिला स्वास्थ्यकर्मीलाई काेराेना संक्रमण पुष्टि भएको जनाएको थियोे । मंगलबार बुझ्दा धनकुटा साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थायी घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

ती स्वास्थ्यकर्मी विगत २ महिना देखि धनकुटामा नभएको जानकारी प्राप्त भएको समेत गुरागाईले जानकारी दिनुभयाे ।

त्यस्तै धनकुटामा कोरोना संक्रमित भई उपचारमा रहेका धनकुटाका सबै ४५ जना कोरोना संक्रमित मुक्त भएका छन् । यो संगै धनकुटामा कोरोना संक्रमितको शून्य भएको छ ।

67Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *