प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्याे

12Shares

धनकुटा : प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला र १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २ महिला र ५ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा मंगलबार कोरोनामुक्त भएर १६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

12Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *