नेपालमा काेराेना संक्रमितकाे संख्या ७६ हजार नाघ्याे

8Shares

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ भने ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन् ।

8Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *