साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतको भिडियो बजारमा (भिडियो सहित)

372Shares

काठमाडौं : साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियो बजारमा आए संगै दर्शक अनि श्रोताहरुले गीतलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । मुकारुङ २०१२ को मदन पुरस्कार बिजेता हुन् ।

गायक ब्रबिम शेर्मा चेसुङ र गायिका सीता सिंगकको मीठो स्वरमा सजिएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन अनि पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लिम्बू संस्कार अनि संस्कृति रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

चर्चित निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :

372Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *