प्रभु लाइफ इन्स्योरेन्सले धरानमा २० लाख दाबी भुक्तानी गर्याे

13Shares

सुनसरी : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले २० लाख बीमाङ्क रकमा  दाबी भुक्तानी गरेको छ । धरान उपमहानगरपालिका वार्ड नं ३ का अध्यक्ष आशा कुमार श्रेष्ठ र प्रभु लाइफ इन्स्योरेन्स लि.का प्रदेश प्रमुख पुष्कर भट्टराईबाट संयुक्त रूपमा बीमितका श्रीमान सुरेन्द्र ताम्राकारलाई रकम हस्तान्तरण गरेको हो । 

स्वः बिमित सरस्वती ताम्राकारले २०७५ साल जेष्ठमा २० लाखको बीमा गर्नु भएको थियो ।  कम्पनिले बिमितका श्रीमानलाई कागजात पूरा भएको ३ दिनमा २१ लाख ६० हजार प्रदान गरिएको धरान शाखाका प्रमुख  सन्तोष राईले बताउनु भयो ।

सो अबसरमा धरान शाखाका शाखा प्रमुख सन्तोष राई र प्रदेश प्रमुख पुष्कर भट्टराईले बिमाको औचित्यको बारे प्रष्ट पार्नु भएको थियोे । कार्यक्रममा शाखाका वरिष्ठ एजिन्सी मेनेजर, एजिन्सी मेनेजर तथा स्थानीयको सहभागिता रहेको थियो ।

13Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *