धनकुटाका नाई संघ र साैन्दर्यकला व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग

15Shares

धनकुटा : धनकुटा उद्योग बाणिज्य संघको सहयोग र समन्वयमा व्यावसाय संचालन गर्न नदिए नेपाल नाई संघ धनकुटा र नेपाल सौदर्य कला व्यावासयीहरु आन्दोलन गर्ने आज बताएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघले व्यूटिशियनहरु र हेयर कटिङ् व्यावसायीहरुसंग छलफल गरी उनीहरुलाई फेस सिल, मास्क, सेनिटाईजर लगायत सुरक्षित सामाग्रीहरु वितरण गरेको छ ।

६ महिना देखी लगातार लकडाउनका कारण बन्द भएका धनकुटका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुको वारेमा नेपाल सौर्न्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाका पदाधिकारीहरु र सदस्यहरुसंग धनकुटा उद्योग बाणिज्य संघले छलफल गरी सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु व्यावसायीहरुलाई प्रदान गरेको हो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसाय लकडाउनका कारण ठूलो मारमा परेकोले सरकारले सुरक्षित ढंगले व्यावसाय संचालन गर्न दिनु पर्ने अन्यथा बाच्नकै लागी आन्दोलन हुने बताउनु भयो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यष रुपेश श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु रेवती प्रसाद दाहाल, अम्विका धमला, लिजा श्रेष्ठ, शोभा श्रेष्ठ लगायतले धनकुटाका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुलाई सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो भने नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ लगायतले लकडाउनका कारण उद्योग व्यापार र व्यावसाय पूर्ण रुपमा धाराशाही भएकोले राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सो अवसरमा सौर्न्दर्य कला व्यावसायी संघ धनकुटाका अध्यक्ष किरण श्रेष्ठ, रेणु श्रेष्ठ, कुसुम जोशी श्रेष्ठ, मनु श्रेष्ठ लगायतले लकडाउनका कारण व्यूटिशिएन व्यावसाय नराम्रोसंग प्रभावित भएकाले राज्यले अब जसरी भए पनि व्यावसाय संचालन गर्न दिनु पर्ने माग गर्नु भयो ।

यसैगरी नेपाल नाई संघ धनकुटका अध्यक्ष सुधिर ठाकुर, उपाध्यक्ष सतिस ठाकुर, सदस्यहरु नितेस ठाकुर, ललित ठाकुर, शोनु ठाकुर लगायतले पनि सुरक्षा विधि अपनाएर व्यावसाय संचालन गर्न सरकारसंग माग गर्नु भएको थियो ।

15Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *