पदम राजन मगरको मीठो संगीत संयोजनमा तयार भएको गीत ‘मेरो प्यारो बाबा’ दर्शक श्रोताको मनमा बस्दै (भिडियो सहित)

363Shares

काठमाडौं : पदम राजन मगरको मीठो संगीत संयोजनमा तयार भएको गीत ‘मेरो प्यारो बाबा’ अहिले दर्शक श्रोताहरुको मनमा बस्न सफल भैरहेको छ । गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको गीतमा उत्तम राईको शब्द अनि संगीत रहेको छ । यो भन्दा अघिको उहाँले संगीत संयोजन गर्नुभएको पनि मीठो धाराको, अर्को जन्म साथै अन्य गीतहरु स्रोताहरुले मन पराई रहनु भएको छ ।

गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गर्नु भएको छ भने यस गीतको भिडियो निर्देशन, छायांकन एवं सम्पादन पत्रकार विशाल राईले गर्नु भएको छ ।

रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक राजेश पायल राईको अभिनय देख्न सकिन्छ । गीतमा एउटा सन्तानले आफ्नो बाबा प्रतिको माया र बाबाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस :

363Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *