महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिदै धनकुटाकी प्रमिसा

40Shares

धनकुटा : सीप सिकाै आत्मनिर्भर बनाै भन्ने अभियानका साथ अघि बढेकि प्रमिसा श्रेष्ठले देशभरका महिला दिदीबहिनीहरूलाई सीप सिकाउदै आउनु भएकाे छ ।

लकडाउनमा पनि केही गर्न सकिन्छ भन्ने उदेश्यले धनकुटा लेडि जेसिजकी संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले घरमै वसि वसि तालिम सञ्चालन गर्नु भएकाे छ ।

महिला दिदी बहिनीहरूलाई घरमा खेर गईरहेका सामानलाई पुनः कसरी प्रयाेगमा ल्याउन सकिन्छ र यसलाई आय आर्जनको गतिलो माध्यम कसरी बनाऊन सकिन्छ भन्ने उदेश्यले अनलाईन मार्फत तालिम सञ्चालन गरेकाे प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयाे ।

आफुसँग बच्चादेखि नै रहेकाे उक्त सिप मार्फत लेडि जेसिज नामक संस्था खाेलि नेपालभरका महिलाहरूलाई प्रशिक्षण दिईरहनु भएको छ। उहाँले संस्थाकाे स्थापना कालदेखि नै विभिन्न सामाजिक कामका साथै घरमा खेर गईरहेका पुराना कपडा, सिसाकाे बाेतल, माक्स निर्माण, मेहन्दी लगाउने तालिमलगायतका सिपहरू जिल्लामा विभिन्न संघसंस्थाहरूसँगकाे सहकार्यमा निःशुल्क रूपमा तालिम सञ्चालन गर्दै आउनु भएकाे छ ।

उक्त सिपलाई हाल अनलाईन तालिमबाट पनि पाटन जेसिज र हेटौंडा लेडी जेसीजको माध्यमबाट ८०/८० गरि एकसय ६० जनालाई घरैमा बसेर सीप सिकाउनु भएकाे छ ।

40Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *