धनकुटा नगरपालिकाका केही क्षेत्र एकसाताका लागि शिल

41Shares

धनकुटा : कोरोना भाईरसलाई नियन्त्रण गरी फैलन नदिनका लागी धनकुटा नगरपालिकाको वडा नं. ५, ६ र ७ को केही क्षेत्र आज राती देखी एक हप्ताका लागी लकडाउन गरी शिल गरिएको छ ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय कोभिड १९ क्राईशिस मेनेजमेण्ट सेन्टर अध्यक्ष केशव प्रसाद विमलीको अध्यक्षतामा वसेको बैठकले धनकुटा बजारमा कोरोना भाईरस संक्रमित पुष्टि भएकाले धनकुटा नगरपालिका वडा नं. ५ ,६ र ७ को सिमाना गोकुण्डश्वर बाल मन्दिर माबिको खोल्सी देखी बौद्धिक विकास समितिको क्रियाघर छेउको खोल्सीसम्म आज राती भाद्र ३१ गते देखी असाेज ६ गते राती सम्म लकडाउन गरी शिल गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताउनु भयो ।

धनकुटा जिल्ला स्तरीय क्राईशिस मेनेजमेण्ट सेन्टरको बैठकमा समितिले अहिले सम्म गरेको काम कारवाहीको वारेमा समिक्षा गरी आगामी दिन कोरोना भाईरसलाई नियन्त्रण गर्न अझ प्रभावकारी अभियान धनकुटामा संचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटका नायव सुब्बा रत्न दर्लामीले वताउनु भयो ।

सिल गरिएको क्षेत्रमा लक डाउन अवधिभर उद्योग, व्यावसाय र व्यापार समेत बन्द गरिने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा जिल्लामा अहिले सम्म कोरोना भाईरस नियन्त्रण गर्न भैरहेको प्रयास र कोरोना संक्रमणको अवस्थाको वारेमा समिक्षा गर्दै धनकुटा जिल्ला स्तरीय क्राईशिस मेनेजमेण्ट सेन्टर सदस्यहरु बरखगण सल्लेरी व्यारेकका गणपती कर्णेल भगवान थापा मगर, जिल्ला प्रहरी कार्यालय धनकुटका प्रमुख एस पी गोविन्द्र अधिकारी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका गुल्मपती डिसपी रामचन्द्र श्रेष्ठ, धनकुटा जिल्ला समन्वय समितिका समन्वय अधिकारी राम नारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष धन कुमार राई, वडा नंं ६ का वाडध्यक्ष नरेश श्रेष्ठ, प्रशासकिय अधिकृत जयराम श्रेष्ठ लगायतले सवैको सहयोग र सभागीताबाट मात्र कोरोना भाईरसलाई नियन्त्रण गर्न सकिने भएकोले आ आफ्नो क्षेत्रबाट सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

धनकुटा जिल्लाका २ हजार १ सय ९ जनाको पिसिआर गरेकोमा ४५ जना कोरोना संक्रमित भएकोमा ४० जना उपचार पछि घर फर्किएको छन् भने ५ जनाको उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाइले बताउनु भयो ।

41Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *