सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

6Shares

काठमाडौं : आज बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए । यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प भएको जनाईएको छ ।

6Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *