बीपी प्रतिष्ठानका उपकुलपति गिरीलाई कोरोना संक्रमण

9Shares

सुनसरी : बीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना सङ्क्रमण भएको छ ।
परीक्षणकाक्रममा सोमबार साँझ उपकुलपति गरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

उपकुलपतिले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै २ हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदा रहँदै आफू कोरोनाको सङ्क्रमणमा परेको उल्लेख गर्दै आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु अनुरोध गर्नुभएको छ ।
उपकुलपतिको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमै बस्ने बताइएको छ ।

9Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *